नियम १३
नगरपालिका वा गाउँ विकास समितिको सहयोग लिन सक्ने
यस नियमावलीको उद्देश्य कार्यान्वयन गर्न आवश्यक परेमा सुपरिटेण्डेण्टले नगरपालिका वा गाउँ विकास समितिको सहयोग माग्न सक्नेछ र त्यसरी सहयोग मागेमा नगरपालिका वा गाउँ विकास समितिले पनि देहायको कुरामा सहयोग दिनु पर्नेछः–
(क) सम्बन्धित क्षेत्रका जनतालाई खोपाउने स्थानको जानकारी गराउने,
(ख) तोकिएको स्थान र समयमा सम्बन्धित क्षेत्रभित्र रहेको बालकहरूलाई उपस्थित गराउने,
(ग) खोपाउने स्थानमा नगरपालिका वा गाउँ विकास समितिको सदस्य उपस्थित भई खोप्ने काममा आवश्यक सहायता गर्ने, र
(घ) खोपाउने कार्यमा बालकहरूको संरक्षकलाई बढी से बढी सहयोग प्रदान गर्न आवश्यक प्रोत्साहन दिने ।